अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगका मेयर धनराज आचार्य सघन उपचार कक्षमा

Thankot Times

थानकोट । 

पोखरामा बेलुन विस्फोटपछि घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरकै मेयर धनराज आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

दिउँसो साढे ३ बजेदेखि दुवैको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उनीहरू  घाइते भएका  थिए ।

पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

दुवै जनाको अहिले कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *