नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण, एकजना घाइते

Thankot Times

थानकोट ।

नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण भएको छ ।

आक्रमणमा सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।

गएराति १२ बजे लेबनानको राजधानी बेरुतनजिक यूएआईएफआईएल मिसनका डेपुटी फोर्स कमान्डर उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकी तोडफोड गरेको थियो ।

तोडफोडका क्रममा ढकाल घाइते भएका थिए ।

ढकाललाई तत्कालै उद्धार गरी तत्काल अस्पताल लगिएको थियो ।

अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ ।

डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *