आज काठमाडौंमा पानी पर्ने

थानकोट ।
नयाँ प्रणाली विकास हुँदा देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।
विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज बिहानीपखबाट भित्रिएको पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछाने जानकारी दिएकाे बाह्रखरीमा समाचार छ।
उनका अनुसार आज काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैदेखि आंशिक बदली रहेको छ ।
“काठमाडौंमा आज दिनभर मौसम आंशिक बदली रहनेछ । दिउँसो बदली भए पनि वर्षा भने हुने छैन,” मौसमविद् लामिछाने अगाडि थप्छन्, “राति पनि बदली हुनेछ । राति काठमाडौंका केही स्थानमा छिटपुट वर्षाको पनि सम्भावना देखिएको छ ।”
काठमाडौंमा वर्षाको सम्भावना रहे पनि न्यून रहेको र केही स्थानमा मात्रै छिटपुट पानी पर्ने उनले प्रष्ट पारे । नयाँ प्रणाली विकास भए पनि यो कमजोर रहेकाले धेरै वर्षा नहुने उनले बताए ।
आज बिहान विकास भएको यो प्रणाली भोलि (आइतबार)बाट नै निकै कमजोर हुने मौसमविद् लामिछाने बताउँछन् ।