पुर्व मिस युनिभर्स बोहोराको निधन

Thankot Times

थानकोट ।

राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ ।

बोहोराकी एक मात्र छोरी चाँदनी जेनी बोहोरा ग्यारेटको ४६ वर्षको उमेरमा  निधन भएको हो ।

चाँदनी मिस युनिभर्स २०२३ बिजेता हुन् । अमेरिकन नागरिकसँग बिहे गरेकी जेनीका दुई छोरी र एक छोरा छन् । दीपकको रुपन्देही घर भएपनि अहिले काठमाडाैंमै बसेका छन् ।

अहिले जेनी पनि श्रीमान र बच्चाबच्चीसहित काठमाडाै‌ं बालुबाटारमा बसेको बेला एक्कासी बिरामी परेर मृत्यु भएको दीपकका निजी सचिव शंकर खत्रीले जानकारी दिएका छन् ।
उनको शनिबार  साँझ ४.३० बजे पशुपति आर्यघाट बिद्युत शवदाह गृहमा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *