चन्द्रागिरिसहित काठमाडौंका विभिन्न स्थानमा दैनिक ५ घण्टा बिजुली काटिने सूची सार्वजनिक

थानकोट ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भोलि (शनिबार) देखि दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरि कुलेश्वर, बानेश्वर र कीर्तिपुर वितिरण केन्द्र अन्तर्गतका विभिन्न फिडरहरूमा बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार फागुन ४ गते (भोलि) देखि ११ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
भोलि आइतबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकी र बलम्बु फिडरका स्युचाटारदेखि कलंकी वरपरका क्षेत्रमा बिजुली सेवा अवरुद्ध हुनेछ । यस्तै फागनु ५ गते सोमबार थानकोट फिडर अन्तर्गत बलम्बु वरपरका क्षेत्रमा बिजुली अवरुद्ध हुने तालिका रहेको छ ।
विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत लाइन अवरुद्ध गर्न परेको प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।
सूचना हेराैंं