स्थानीय तहको कार्यसम्पादन मूल्यांकनः काठमाडाैंका ११ स्थानीय तह मध्ये चन्द्रागिरि चाैथो स्थानमा

थानकोट ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा चन्द्रागिरि नगरपालिकाले ६७.१ अंक प्राप्त गरेको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडाैंका ११ स्थानीय तहमा तारकेश्वरले सबैभन्दा धेरै ७१.३, नागार्जुनले ७०.६, शंखरापुरले सबैभन्दा ६८.१ अंक ल्याएको छ ।
यस्तै गोकर्णेश्वर नगरपालिकाले ६४.४, कीर्तिपुर नगरपालिकाले ६३.४, कागेश्वरी मनोहराले ६२.८, बूढानीलकण्ठले ६०.८, टोखाले ५८.६, दक्षिणकालीले ५४.७ र काठमाडाैं महानगर ले ५४.३ अंक पाएको हो ।
१७ वटा विभिन्न सूचकमा आयोगले गर्ने मूल्यांकनमा १०० अंकमा स्थानीय तहले उल्लेखित अंक पाएका हुन् ।
आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट स्थानीय सरकारको रुपमा डडेल्धुुराको अमरगढी नगरपालिका भएको छ ।अमरगढीले ७५३ स्थानीय सरकारमध्ये सबैभन्दा धेरै ८१.७ अंक ल्याएको हो ।