स्तरोन्नतिका लागि फाखेल-हुमाने सडक बन्द, थानकोट-चित्लाङ सडकमा सवारी साधनको चाप

Thankot Times

थानकोट ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) मा आज शुक्रबारदेखी साना तथा मझाैला सवारी साधनको चाप बढेको छ । 

काठमाडाैंसँग हेटाैंडा जोड्ने काठमाडौं-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न शुक्रबारदेखि बन्द गरिएपछि थानकोट-चित्लाङ सडकमा सवारी साधनको चाप बढेको हो । 

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उहाँले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

सो सडकको विकल्पका रुपमा काठमाडाैंबाट हेटाैंडा पुग्न कुलेखानी-सिस्नेरी-फर्पिङ, कान्ति लोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग, थानकोट-चन्द्रागिरि-चित्लाङ, सतुङ्गल-मातातिर्थ-फाखेल-कुलेखानी सडक प्रयोग गर्न सकिन्छ । 

काठमाडौं-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नतिका लागि सडक नै बन्द गर्नुपर्ने भएपछि दक्षिणकाली नगरपालिकाले माघ २९ मा सूचना जारी गर्दै समन्वयका लागि विभिन्न निकायसँग अनुरोध गरेको थियो ।

सूचना हेराैं

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *