चन्द्रागिरि नगरकाे प्रमुख प्रशासकीय अधिकृतमा भुवनेश्वर लामिछाने नियुक्त

थानकोट ।
चन्द्रागिरि नगरकाे प्रमुख प्रशासकीय अधिकृतमा भुवनेश्वर लामिछाने नियुक्त भएका छन् ।
हालका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको बढुवा भएपछि रिक्त पदमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव लामिछाने चन्द्रागिरि नगरमा आउने भएका हुन् ।
अर्याल अघिल्लो वर्षको भदाै महिनाबाट चन्द्रागिरि नगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (फागुन १) बाट लागु हुनेगरी ५० उपसचिवको सरुवा गरेको छ।
ती मध्ये कतिपयलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएकोमा भुवनेश्वर लामिछानेले चन्द्रागिरि नगरको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।