नागढुङ्गा नाकाबाट सुनसहित समातिए दुई जना युवा
![नागढुङ्गा नाकाबाट सुनसहित समातिए दुई जना युवा](https://www.thankottimes.com/wp-content/uploads/2024/11/OIG1-1.jpeg)
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट ३१८ ग्राम सुनसहित दुई जना युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रु बसमा सवार भारत घर भएका २७ वर्षीय महेश अम्रुत मानि र २४ वर्षीय राहुल खंडु सरक सो सुन सहित पक्राउ परेका हुन् ।
बा.प्र.०१-००२ ख ०५४२ नम्बरको यात्रुवाहक बसलाई लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्दा सुन भेटिएको हो ।
बसको स्लिपर सिटमा महेश अम्रुतले आफू सुतेको सिरानी मुनि कागजमा बेरेर ल्याएको अवस्थामा सुन भेटिएको हो ।
घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
एआई इमेज