काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १० जना प्रतिस्पर्धीको नाम सार्वजनिक

Thankot Times

थानकोट ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरेको छ ।

समितिले प्रा.डा. अच्युत वाग्ले, प्रा.डा. कन्हैया झा, प्रा.डा. जनार्दन लामिछाने,प्रा.डा. बालचन्द्र लुइँटेल, प्रा.डा. विभूति रञ्झन झा, प्रा.डा. वेदमणि दाहाल, प्रा.डा.भोला थापा, प्रा.डा. राजेन्द्र प्रसाद कोजु, प्रा.डा. श्यामनारायण लाभ र प्रा.डा. सुबोध शर्माको नाम सार्वजनिक गरेको छ । 

केयूको उपकुलपतिका लागि कुल आवेदक मध्ये २० जनाको नाम स्वीकृत भएको थियो ।

जसबाट यी १० जना सर्ट लिस्टमा परेका हुन् ।

यी प्रतिस्पर्धीले अब सोचपत्र र रणनीतिक कार्ययोजना प्रस्तुत गर्नेछन् । फागुन २ मा प्रस्तुति दिनुपर्ने मिति तोकिएको छ । फागुन ३ मा अन्तर्वार्ता हुनेछ ।   

सर्ट लिस्टमा परेका १० जनाबाट ३ जनाको नाम छनोट समितिले कुलपतिसमक्ष सिफारिस गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *