पालुङबाट काठमाडाैं आउँदै गरेका ३१ वर्षीय युवा नागढुङ्गामा समातिए

थानकोट ।
चन्द्रागिरि नगरपालिका- २ नागढुङ्गानाकाबाट एक जना युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ का ३१ वर्षीय सोमराज बल २ किलोग्राम गाँजासहित पक्राउ परेका हुन् ।
मंगलबार दिउँसो मकवानपुरको पालुङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५१४७ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बलको साथमा रहेको हरियो रंगको झोलाभित्र प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागुऔषध गाँजासहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बल पक्राउ परेको प्रकरणमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।