मच्छेगाउँमा इनार खन्ने क्रममा एक पुरुष इनारभित्र फसे, प्रहरीद्वारा उद्दार (भिडिवो)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा इनार खन्ने क्रममा बेहोस भएका एक जना श्रमिकको उद्धार गरिएको छ ।

मच्छेगाउँस्थित टाैखेलमा नयाँ इनार खन्ने क्रममा माथिबाट माटो झरेपछि सो इनार भित्रै बेहोस भएका पुरुषको प्रहरीले उद्धार गरेको हो ।

उद्धारपछि उनलाई अस्पताल लगिएको चन्द्रागिरि नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

दिउँसो करिब १४:३५ बजे सो घटना भएको हो ।

सुनसरीको इनरूवा ५ घर भएका करिब ४० वर्षीय लिडे उडाउ नाम गरेका श्रमिक इनारमा फसेका थिए ।

उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

सो उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट विपद् उद्धार टोली लगायत स्थानीय बासीहरू खटिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *