चन्द्रागिरि नगरपालिकाको आयोजनामा आज बल्खु खोला सरसफाई गरिँदै

थानकोट।
चन्द्रागिरि नगरपालिकाको आयोजनामा आज मंगलबार नगर क्षेत्रको प्रमुख खोला मध्येको एक बल्खु खोला सरसफाई गरिँदैछ ।
खोला सफाईका लागि चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा रहेका सुरक्षा निकाय, पूर्व सुरक्षाकर्मी, विभिन्न संघसंस्था, स्वयंसेवक लगायतमा अनुरोध गरेको छ ।
बिहान ७ः३० बजे सतुङ्गलस्थित बल्खु पुलबाट सो कार्यक्रम सुरु हुने बताइएको छ ।
बालकुमारी मन्दिर क्षेत्र लगायतका स्थानमा सो सरसफाई केन्द्रीत रहने नगरको वातावरण शाखाले जनाएको छ।
फाइल फोटो