तीनथानामा एक पुरुष मृत भेटिए

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा एक जना पुरुषको निस्सासिएर मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर-१५ तिनथानास्थित एक घरमा भाडामा बस्ने पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनका अनुसार दुईतले घरको भुइँ तलाको कोठामा एक पुरुष मृत फेला परेका हुन्।

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर २ घर हुने ४० वर्षीय सुवासचन्द्र पौडेल मृत फेला परेका हुन्।

उनको कोठामा ओछ्यानमा रहेको डस्ना र सिरक पनि पनि जलेको अवस्थामा फेला परेको छ।

त्यस्तै भुइँमा रहेको म्याट पनि जलेको प्रहरीले जनाएको छ।

एसपी बोहोराका अनुसार उनी हिटर बालेर सुतेका थिए।

पछि कोठामै निस्सासिएर उनको मृत्यु भएकाे अनुसन्धानबाट खुलेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *