चितवनमा यात्रु बस दुर्घटना, चन्द्रागिरिका एकसहित घाइते सबैको परिचय खुल्यो
![चितवनमा यात्रु बस दुर्घटना, चन्द्रागिरिका एकसहित घाइते सबैको परिचय खुल्यो](https://www.thankottimes.com/wp-content/uploads/2025/02/bus-.png)
थानकोट ।
नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सेतिदोभानमा आज बिहान बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु ३ प ००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४:४५ बजे पुलबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन् ।
सबैलाई उद्धार गरी चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि पुर्याइएको छ।
अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने केही सामान्य अवस्थामा छन् ।
बस चालक राजन गिरी (२७, बाँके कोहलपुर), बस स्टाफ इन्द्रबहादुर थापा मगर (५१) र सुजन खत्री (२५, सल्यान) दुर्घटनामा परेका छन् । उनीहरुको अवस्था पनि सामान्य छ । प्रारम्भिक अनुसन्धान अनुसार बसको अगाडिको टायर पञ्चर भएपछि सन्तुलन गुमेर दुर्घटना भएको बुझिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
मध्यम घाइते:
- निशा शाही (३०, दैलेख) – अनुहारमा चोट
- सेतु बहादुर घर्ती मगर (४१, बर्दिया मधुवन) – अनुहारमा चोट
- गिता राउत ओली (३०, बर्दिया बाँसगढी) – बायाँ खुट्टामा चोट
- पार्वती राजकोटी (३८, राप्ती सुनारी) – अनुहारमा चोट
- दिनेश बहादुर रिजाल (३९, बर्दिया बाँसगढी) – अनुहारमा चोट
- राम लखन चौधरी (३१, बाँके) – टाउकोमा बाहिरी चोट
- प्रियना तामाङ (२८, नुवाकोट बिदुर) – टाउकोमा बाहिरी चोट
- पूर्णबहादुर मल्ल (३८, बाँके कोहलपुर) – अनुहारमा चोट
- पूजा कठायत (२५, बाँके) – अनुहार र टाउकोमा चोट
- मनन बुढा क्षेत्री (१७, बाँके कोहलपुर) – अनुहारमा चोट
- महेश कठायत (१८, कैलाली लम्कीचुवा) – अनुहारमा चोट
सामान्य घाइते:
- रञ्जना महत्तो (२३, नुवाकोट) – सामान्य
- राधा शाही (३४, बाँके) – बाहिरी चोट देखिएको छैन
- एमन राना (३१, बर्दिया) – घुँडामा चोट
- दिल कुमारी मगर (३५, बाँके) – निधारमा चोट
- अभिषेक मगर (१४, बाँके) – अनुहारमा चोट
- अस्मी मगर (१२, बाँके) – बायाँ हातमा चोट
- नक्खी बुढा मगर (६९, कैलाली लम्कीचुवा) – गालामा चोट
- रमेश चौधरी (३७, सुर्खेत वीरेन्द्रनगर) – सामान्य अवस्था
- रिता घर्ती (३९, नेपालगञ्ज) – सामान्य
- पारस पाण्डे (५०, काठमाडौं चन्द्रागिरि) – सामान्य
- दुर्गा बहादुर साउद (२४, सुर्खेत चिनगाड) – सामान्य