जेसिसका सुसनलाई उपमेयर कप खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक

थानकोट ।
सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्र सुसन पाण्डेले दोश्रो बागमती प्रदेश काठमाडौं महानगरपालिका उपमेयर कप खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिताकाे ज्ञरगी (३८-४२ केजी तौल समूह) तर्फ उनले प्रथम स्थान हासिल गरेका हुन्।
न्यू सरस्वती तेक्वान्दो डोजाङ, क्षेत्रपाटीद्वारा आयोजित प्रतियाेगितामा पाण्डेले साे सफलता हात पारेकाे विद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतियोगिताका विजयीहरुलाई काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल शनिबार पुरस्कार वितरण गरेकी थिइन् ।
पाण्डेले चन्द्रागिरि राष्ट्रपति रनिङ्ग शिल्ड २०८१ मा पनि स्वर्ण पदक जितेका थिए ।