रास्वपा चन्द्रागिरि वडा नं. १५ को सभापतिमा बिमला आचार्य, सचिवमा नारायण बास्कोटा

थानकोट ।
बिमला आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि वडा नं. १५ को सभापति चयन भएकी छन् ।
शनिबार तीनथानामा आयोजित सो पार्टीको प्रथम वडा अधिवेशनले आचार्यको नेतृत्वमा सात सदस्यीय वडा कमिटि गठन गरेको हो ।
जसअनुसार उपसभापतिमा निरञ्जन कार्की, सचिवमा नारायण बास्कोटा चयन भएका छन् । सदस्यमा अच्युत मगर, पुष्पराज कार्की, रमेश न्याैपाने र लक्ष्मी पुरी रहेका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन विभागको निर्देशन अनुसार तय गरिएको कार्यविधि अपनाई वडा कार्यसमिति गठन गरिएको सो पार्टीका गुनासो व्यवस्थापन विभाग उपप्रमुख टेकबहादुर पोखरेल (प्रभुराम) ले जानकारी दिए ।
माघ मसान्तभित्र चन्द्रागिरि नगरपालिकाका सबै वडाहरूको अधिवेशन सम्पन्न गरी फागुन अन्तिम साता चन्द्रागिरि नगर समितिको अधिवेशन गर्ने रास्वपाको तयारी छ ।
रास्वपा चन्द्रागिरि नगरपालिकाका वडा नं ५, ८ र १० को अधिवेशन सम्पन्न भइसकेको छ ।
आज नै नागार्जुन वडा नं. ५, दक्षिणकाली वडा नंं. ४ र ६, टोखा नगरपालिका वडा नं. १ र ३, काठमाडाैं महानगरपालिका वडा नं. ३० मा समेत वडा अधिवेशन आयोजना भइरहेको छ ।