चन्द्रागिरिमा आज शनिबार पनि एचपीभी खोप लगाइने, हालसम्म ५ हजार किशोरी लगाए खोप

थानकोट ।
चन्द्रागिरि नगरपालिकामा माघ २२ गतेबाट थालनी गरिएको एचपीभी खोप आज शनिबार पनि जारी रहने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटले यसअघि तालिकाअनुसार खोप लगाउन छुटेका किशोरीहरूका लागि आज शनिबार चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा खोप लगाउने प्रबन्ध गरिएको जनाएको छ ।
चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम, एच.पी.भी. खोप अभियान सञ्चालनका लागि नगर क्षेत्रका सबै १५ वटै वडामा गरी जम्मा ७० वटा खोप केन्द्र तय गरिएका छन् ।
नगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भूकुमार महतोका अनुसार नगर क्षेत्रका सबै सामुदायिक, संस्थागत विद्यालयका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइँदैछ । उनका अनुसार हालसम्म (शुक्रबार) नगरमा ५ हजार ३० जना किशोरी सो खोप अभियानबाट लाभान्वित भइसकेका छन् । यस खोप अभियान माघ २९ गतेसम्म जारी रहनेछ ।
शुक्रबारसम्म चन्द्रागिरि नगरमा एचपीभी खोप लगाउने किशोरीहरूको विवरणः
- वडा नम्बर १- २०५ जना
- वडा नम्बर २-२७० जना
- वडा नम्बर ३-४३९ जना
- वडा नम्बर ४- ४९५ जना
- वडा नम्बर ५- ४२३ जना
- वडा नम्बर ६- २०८ जना
- वडा नम्बर ७- ३३१ जना
- वडा नम्बर ८- २१५ जना
- वडा नम्बर ९- २९२ जना
- वडा नम्बर १०- १९६ जना
- वडा नम्बर ११- ३८६ जना
- वडा नम्बर १२- ४७५ जना
- वडा नम्बर १३- ४२१ जना
- वडा नम्बर १४- ४०० जना
- वडा नम्बर १५- २७४ जना
चन्द्रागिरिका करिब ६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै, ७० स्थानमा खोप केन्द्र निर्धारण