काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा ३१३ वटा स्मार्ट बोर्ड जडान गरिने

Thankot Times

थानकोट ।

सामुदायिक विद्यालयको सुधारका लागि काठमाडौँ महानगरपालिकाले करोडौँ रुपैयाँ लगानी गरेको छ।

पूर्वाधार विकास, वातावरणीय सुधार, शिक्षण सामग्री, व्यवहारिक र प्रयोगात्मक शिक्षण विधि प्रवर्धन, सिपमूलक तालिम, खेलकुद, शिक्षक तालिम, मनोसामाजिक परामर्शसहित कार्यक्रमबाट विद्यार्थीहरुमा सिकाइप्रति रुचि बढेको छ । अभिभावकमा विद्यालयप्रति रुचि बढेको छ।

शिक्षाको क्रमिक विकासबाट नतिजा प्राप्त हुन थालेका छन्। यस क्रममा शिक्षण क्रियाकलापका लागि स्मार्ट एलइडी बोर्ड उपलब्ध गराउने तयारी भएको छ।

नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको समितिको बैठकले वोर्ड वितरण गर्ने निर्णय गरेको छ। शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरुमा वितरण गर्ने निर्णय गरेको हो। विद्यालय र शिक्षकको तत्परतालगायत सूचकका आधारमा यस चरणमा ३१३ थान वितरण हुनेछन्।

अहिले सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल विकासुका कक्षा (ईसीडी) पछि कक्षा १ देखि ३ सम्म ‘एकीकृत सिकाइुका कक्षा सञ्चालन भइरहेका छन्। कक्षा ४ देखि ८ सम्म ‘सिर्जनात्मक सिकाइ’, कक्षा ९ र १० मा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन भइरहेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *