आज शनिबार चन्द्रागिरि नगरका विभिन्न स्थानमा बिहान ११ बजेबाट बिजुली सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

आज शनिबार चन्द्रागिरि नगरका विभिन्न स्थानमा कम्तीमा ५ घण्टा बिजुली सेवा अवरुद्ध हुने तालिका रहेको छ ।

नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार सतुङ्गल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाँउ, बौथली, सतुङ्गल चोक क्षेत्रमा सडक चाैडा पार्ने कार्यका लागि ट्रान्सफरमर राख्न पोष्ट निर्माणका लागि बिजुली सेवा विच्छेद गरिनेछ । ती क्षेत्रमा बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणको भनाइ छ ।

यस्तै मातातिर्थ फिडर अन्तर्ग मातातिर्थ क्षेत्रमा समेत सडक चाैडा पार्नेका लागि ट्रान्सफरमरका लागि पोष्ट निर्माढ गर्न बिजुली सेवा विच्छेद गरिनेछ । प्राधिकरणले सो क्षेत्रमा बिहान ११ बजेबाट करिब १ घण्टा बिजुली सेवा अवरुद्ध हुने एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *