सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको भाउ शुक्रबार भने ब्रेक लागेको छ ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भएको हो । यस दिन सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १ सय रुपैयाँ कायम छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेको छ ।

यसदिन चाँदी प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *