चन्द्रागिरि नगरका दुईवटा सामुदायिक विद्यालयका लागि शिक्षक माग

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरका दुई वटा सामुदायिक विद्यालयले १-१ जना शिक्षक माग गर्दै सूचना जारी गरेका छन् । 

नगरको मातातिर्थस्थित जनविकास माविले माध्यमिक तहमा गणित विषय शिक्षण शिक्षक माग गर्दै सूचना जारी गरेको हो । सो पदका लागि माघ २८ गतेभित्र दरखास्त पेश गर्न सकिने बताइएको छ । 

यस्तै नगरको बलम्बुस्थित बलम्बु माविले निम्न माध्यमिक तह वा सो सरह रिक्त विज्ञान विषय शिक्षण शिक्षक माग गरेको हो ।

सो पदमा फागुन ४ गतेभित्र दरखास्त पेश गर्न पाइने बलम्बु माविले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *