चन्द्रागिरि नगरपालिका वडा नं. २ आजबाट बालश्रम मुक्त हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं २ बाँडभञ्ज्याङ आज (शुक्रबार) बाट बालश्रम मुक्त वडा घोषणा हुँदैछ । चन्द्रागिरि नगरका १५ मध्ये ९ वडाहरू यसअघि बालश्रम मुक्त घोषणा भइसकेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं २ को आयोजना तथा बाल अधिकार समितिको समन्वयमा आज वडा नं २ क्षेत्रलाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको कार्यवाहक वडाध्यक्ष चन्द्रकुमारी गिरी बस्नेतले जानकारी दिइन् ।

बागमती प्रदेश सभा सदस्य रमा आले मगर तथा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको उपस्थितिमा सो वडा बालश्रम मुक्त वडा घोषणा हुनेछ । सो अघि नागढुङ्गा चोकबाट कार्यक्रमस्थल घट्टेडाँडासम्म र्याली निस्कने वडा कार्यालयले जनाएको छ । र्याली बिहान १० बजेबाट सुरु हुने बताइएको छ ।

चन्द्रागिरि नगरका सबै वडाहरू यही वर्षको चैत्र महिनाभित्र बालश्रम मुक्त वडा घोषणा हुने मेयर घनश्याम गिरीले यसअघि नै बताइसकेका छन् ।

बिहान १० बजे २ नं वडास्थित नागढुङ्गा चोकदेखि घट्टेडाँडा पार्कसम्म र्याली (प्रभातफेरी) गरि बिहान ११ बजे घट्टे डाँडामा औपचारिक कार्यक्रमको आयोजना गरिने कार्यवाहक वडा अध्यक्ष चन्द्र कुमारी बस्नेतले जानकारी दिएकी छिन् ।

चन्द्रागिरि नगरपालिकाको १५ ओटा वडा मध्ये हालसम्म ९ ओटा वडाले बालश्रम मुक्त वडा घोषणा गरिसकेका छन् भने २ नं वडा १० औं बालश्रम मुक्त वडा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ