थानकोट ।
भीईसीभी र बतास एमएडब्लू कमर्सियल भेहिकल्सले चन्द्रागिरि नगरपालिका-११ सतुंगलमा आइसर गाडीको जेनुइन पार्ट्स पाउने पसल (ईजीपी) सञ्चालनमा ल्याएको छ ।
मंगलबार आयोजित कार्यक्रममा भीईसीभीका रिजनल हेड सन्दीप शर्मा र भीईसीभीका कन्ट्री हेड हितेश अरोरा तथा बतास एमएडब्लूका प्रबन्ध निर्देशक सन्तराज बतास र उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले ईजीपी उद्घाटन गरेका हुन् ।