चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा आज बिहान ११ बजेबाट बिजुली अवरुद्ध हुने

थानकोट ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज चन्द्रागिरि नगरपालिकाको नैकापदेखि बलम्बुसम्मका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन ।
प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ । विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।
तालिका हेराैं