सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: राई स्कुलमाथि पुष्पसदनको सहज जित
थानकोट ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएका दुई प्रतिस्पर्धामा पुष्पसदन बोर्डिङ्ग सेकेण्डरी स्कुल र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले जित हात पारेका छन्।
दिनको पहिलो खेलमा पुष्पसदन बोर्डिङ्ग सेकेण्डरी स्कुल कीर्तिपुर र राई स्कुल नक्सालबीच भएको खेलमा पुष्पसदन ५-१ गोल अन्तरले विजयी भयो ।
पुष्पसदनका लागि विशाल कुँवर र हिक्मत योगीले समान २-२ गोल गर्दा बुद्ध लिम्बुको नाममा १ गोल रह्यो । खेलमा विशाल म्यान अफ दि म्याच चुनिए ।
यसैगरी, दिनको दोश्रो खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुरले राराहिल मेमोरियल स्कुल, कीर्तिपुरलाई १-० गोल अन्तरले पराजित गर्यो । सुहस गिरीले गरेको १ गोल ग्रिन भिलेज एजुकेशन फाउण्डेशनका लागि जित हात पार्न पर्याप्त रह्यो । गिरी खेलमा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल हुनेछन् । जहाँ बाघ भैरव सेकेण्डरी स्कुल, कीर्तिपुर र ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थबीच पहिलो खेल हुनेछ । यस्तै दोश्रो खेलमा डी.ए.भी. सुशिल केडिया स्कुल, जावलाखेलले नेपाल एपीएफ स्कुल, कोहलपुरको सामना गर्ने तालिका रहेको छ ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
आइतबार सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपियाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।