टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, मृतकको पहिचान हुन बाँकी

थानकोट ।
टिपरको ठक्करबाट काभ्रेको बनेपामा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
हाल नाम थर, वतन खुल्न नसकेका अन्दाजी २५/२६ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपा नगरपालिका-१० पुलबजारस्थित सडकमा बा. ५ ख. ३२४६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फाइल फोटो