२४औँ आहा रारा गोल्डकप: नेपाल पुलिस क्लबको विजयी सुरुवात, आयोजक सहारा क्लब पराजित

Thankot Times

थानकोट ।

आयोजक सहारा क्लब पोखरा २४औँ आहा रारा गोल्डकपको उद्घाटन खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमै सहाराले विभागीय टोली नेपाल पुलिस क्लबसँग १–० को साँघुरो हार बेहोरेको हो । 

पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन उज्ज्वल राईको गोल निर्णायक बन्यो । खेलको ३६औँ मिनेटमा उज्ज्वलले कर्नरबाट सोझै गोल गर्दै पुलिसलाई अग्रतामा राखेका थिए ।

जितसँगै पुलिसले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

पुलिसले अब सेमिफाइनलमा प्रवेशका निम्ति बाई पाएको ब्रिगेड ब्वाइज क्लब युकेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

मोफसलकै सबैभन्दा प्रतिष्ठित यस प्रतियोगिताको २४औँ संस्करणमा १२ टोलीको सहभागिता छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *