त्रिदेशीय महिला टी-२० शृङ्खलाः थाइल्याण्ड सामु नेपाल निरिह, थाइल्याण्ड ५ रनले विजयी
थानकोट ।
त्रिदेशीय महिला टी-२० शृङ्खलामा नेपालले लगातार चौथो हार व्यहोरेको छ ।
चौथो हारसँगै नेपाल उपाधि दौडबाट बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित बनेको हो ।
थाइल्याण्डले नेपाल सामु जीतका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
१०७ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभरमा ८ विकेटको क्षतिमा १०१ रन मात्रै बनायो ।
नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।
थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो ।