चन्द्रागिरिमा गाडी र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित चुनदेवीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चुनदेवी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२-०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरि नगरपालिका-९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार महिलाको बीएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घटना सोमबार बिहान भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *