त्रिदेशीय महिला टी-२० शृङ्खलाः नेपालले आज थाइल्याण्डको सामना गर्ने

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे शुरु हुनेछ । 

लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ।

तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन्।

शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ। नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोडेको छ। नेपाल भने अंकविहीन छ।

प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *