नेपाल स्की संघको छैटाैं साधारण सभा सम्पन्न, संघको लोगो परिवर्तन गरिने
थानकोट ।
नेपाल स्की संघको छैटौं साधारण सभा सम्पन्न भएको छ ।
संघका केन्द्रीय अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आइतबार साधारण सभा सम्पन्न भएको हो ।
अक्षरा स्कुलमा आयोजजित साधारण सभामा संघीय संसदका शिक्षा तथा खेलकुद समितिका सभापति तथा पूर्वमन्त्री अमर बहादुर थापा, राष्ट्रिय खेलकुद परिषदका सदस्य प्रकाश कुसाल, नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठ, सचिव राम श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल स्की संघका केन्द्रीय सदस्य भाइकृष्ण बलामी लगायतको उपस्थिति रहेको थियो ।
महासचिव विजय श्रेष्ठले कार्यक्रममा संघको वार्षिक आर्थिक प्रतिवेदन तथा अन्य प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले आफ्नो लोगो परिवर्तन गर्ने निर्णय गरेको छ ।
सभाले नेपाल स्की संघको आयोजनामा नियमित प्रशिक्षणसँगै प्रतियोगिता गर्ने र छैटौं स्की प्रतियोगिता रारा, बझाङ अथवा मुस्ताङमध्ये एक उपयुक्त स्थानमा हुने निर्णय गरेको छ ।