नागढुङ्गा नाकाबाट समातिए विपिन र रिहान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा नाकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय बिपिन साउद र बर्दिया गेरूवा गाउँपालिका-३ बस्ने २५ वर्षीय रिहान साउद रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६९४० नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *