चन्द्रागिरि डाँडानजिकै अर्को केबलकार निर्माण हुने, माघ २४ मा सार्वजनिक सुनुवाई गरिने

Thankot Times

थानकोट ।

दक्षिणकाली र कीर्तिपुर नगरपालिकामा निर्माणको तयारी थालिएको चम्पादेवी केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याकंनको सार्वजनिक सुनुवाईको हुने भएको छ ।

चम्पादेवी इको-फ्रेण्डली कम्पनी प्रालिको आयोजनामा यही माघ २४ गते कीर्तिपुर नगरपालिका-४ चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालयमा सो सार्वजनिक सुनुवाई हुने बताइएको छ ।

चन्द्रागिरि नगरमा अर्को पनि केबलकार बन्ने, वातावरणीय प्रभाव मूल्यांकनका लागि सात दिने सूचना

गत शुक्रबार एक सूचना जारी गर्दै कम्पनीले सो कार्यक्रममा सहभागिताका लागि सरोकारवाला सबैमा अनुरोध गरेको हो ।

कम्पनीद्धारा सूचनामा भनिएको छ- बागमती प्रदेश, काठमाडौ जिल्लाको दक्षिणकाली नगरपालिका, वडा नं १, बोसन गाउँमा तल्लो स्टेशन र कीर्तिपुर नगरपालिका, वडा न. ४ मा माथिल्लो स्टेशन रहने गरी प्रस्ताव गरिए‌को चम्पादेवी केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा वातावरणीय सवालबारे राय-सुझाव संकलन गर्नु पर्ने भएकाले स्थानीय जनता, संघ-सस्थाको प्रतिनिधिहरु तथा सरोकारवालाहरु र प्रस्तावक संस्थाको प्रतिनिधिबीच वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे सार्वजनिक सुनुवाई हुने भएकाले सम्बन्धित सबै महानुभावहरुको सक्रिय सहभागिताको लागि अनुरोध गरिन्छ ।

चम्पादेवी केबलकारको प्रवर्द्धक चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले २०८० चैत २२ गते एक सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र केबलकार परियोजना प्रभावित क्षेत्रका स्थानीयहरूबाट केबलकार परियाेजना सन्दर्भमा लिखित राय सुझाव माग गरेको थियो

केबलकार आयोजनाका अनुसार दक्षिणकाली नगरपालिका १ बोसन गाउँमा केबलकारको तल्लो स्टेशन रहनेछ भने कीर्तिपुर नगरपालिका-४ मा माथिल्लो स्टेशन रहनेछ । कूल २०७५.५ मिटर लम्बाइको केबलकार परियोजनाले दक्षिणकाली नगरपालिका वडा नं. १, ५ ९, चन्द्रागिरि नगरपालिका ९ र कीर्तिपुर नगरपालिका ४ मा प्रभाव पार्न सक्ने बताइएको छ ।

६ अर्ब लगानीमा चन्द्रागिरिमा निर्माण हुँदैछ चम्पादेवी केबलकार

पुतलीसडकस्थित प्रस्तावक कम्पनी चम्पादेवी इको फ्रेण्डली प्रा लिले सो परियोजना निर्माणको प्रस्तावको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भाैतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पार्दछ भन्ने विषयमा स्थानीयको राय माग गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *