श्रीपञ्चमीका दिन मंगलोदय माविको बाल विकास कक्षामा छोराछोरीको नाम दर्ता गर्न धुइरो

Thankot Times

थानकोट। 

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज (सोमबार) श्रीपञ्चमी पर्व मनाइँदैछ ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

आजको दिन विद्यार्थीले आफ्नो पुस्तक, कलम र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीकको रुपमा पूजा गर्छन् । विद्यालय जाने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने प्रचलन रहेको छ । 

यस दिन विद्याकी देवी सरस्वतीको महिमा गाउँदै विद्यार्थी, संगीत साधक, साहित्यकार, कलाकार, पत्रकार र शिक्षकहरूले आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सरस्वतीको पूजाको अवसरमा पूजा आराधना, अक्षराम्भ.. (तस्बिरहरू)

आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

श्रीपञ्चमीका अवसरमा थानकोटस्थित मङ्गलोदय माविमा बाल विकास कक्षाको नयाँ भर्नाका लागि भीड देखिएको छ । 

विद्यालयका प्रधानाध्यापक कवीन्द्र गोपालीका अनुसार लागि करिब ७० जना बालबालिका बाल विकास कक्षामा नयाँ भर्ना गरिएका छन् ।

अंग्रेजी माध्यमबाट समेत अध्ययन अध्यापन हुने सो विद्यालयको कक्षा १० सम्म हाल करिब १ हजार ५ सय विद्यार्थीहरू अध्ययनरत छन् ।

 मंगलोदय माविको कक्षा ६ देखी १० सम्म नयाँ भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश परिक्षा दिनुपर्ने प्रावधान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *