चन्द्रागिरिसहित काठमाडौंका विभिन्न स्थानमा दैनिक ५ घण्टा बिजुली काटिने सूची सार्वजनिक

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज (सोमाबार) देखि दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी बानेश्वर, कुलेश्व्र, लगनखेल, कीर्तिपुर, जोरपाटी वितरण केन्द्र अन्तर्गत विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको जनाएको छ । 

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।  

प्राधिकरणका अनुसार माघ २१ गते (आज)देखि २९ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ । 

आज सोमबार टंगाल र नक्साल फिडर (बानेश्वर)अन्तर्गत चावहिलस्थित भत्केको पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

माघ २४ गते बिहीबार भने बलम्बु फिडरको नैकाप-बलम्बु क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ। 

सूचना हेराैंं


Leave a Reply

Your email address will not be published. Required fields are marked *