भीम रावलको पछि लागेको भन्दै एमालेले पाँच नेतालाई पार्टीबाट निकाल्यो (नामावली)
थानकोट ।
नेकपा एमालेले अछामका पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य रहेका पाँच जनालाई निष्कासन गरिएको हो ।
सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर तथा प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए ।
प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको देखिएकाले पाँच जनालाई निष्कासन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
उनीहरू एमालेका पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेपछि कारबाहीमा परेका हुन् ।