त्रिदेशीय महिला टी-२० क्रिकेट सिरिजः नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्स १५ रनले विजयी

Thankot Times

थानकोट ।

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलामा नेपालले लगातार तेस्रो हार बेहारेको छ ।

आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो । हारसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै मात्र १२५ रन बनाउन सफल भयो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन् । त्यस्तै ओपनर सम्झना खड्काले २३ रन जोड्दा पूजा महतोले १८ र कविता जोशीले १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डच टोलीका लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई विकेट लिए । त्यस्तै इभा लिन्च र इसाबेला भान डेर वनिङको नाममा समान एक विकेट रह्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *