काठमाडाैंको बालाजु र दक्षिणकालीमा २ जना मृत फेला

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-१६, बालाजु बाइपासमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, हालसम्म मृतकको सनाखत भएको छैन् । यद्यपि, उनको राहदानी नम्बर फेला परेकाले आइतबारसम्ममा थप विवरण खुल्ने उनले बताए ।

उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको थियो ।

त्यसक्रममा उनी एक्लै आएर बसेको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण जान्न प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

यता दक्षिणकाली नगरपालिका–७, मन्दिर क्षेत्र सुधार समितिको परिसरमा पनि शुक्रबार एक जना व्यक्ति मृत फेला परेका छन्।

मन्दिर परिसरमा पर्ने फाकु कुलोमा दक्षिणकाली–६, कोटाल बस्ने ३५ वर्षीय गणेश भनिने रमेश घिमिरे मृत फेला परेका हुन् ।

घिमिरे मृत्युबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पोष्टमार्टम रिपोर्ट आइसकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *