टाइगर कप भलिबल : चन्द्रागिरिको न्यू डायमण्डलाई तेस्रो स्थान
थानकोट ।
पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइनल यात्रा तय गरेको हो ।
पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा सुरक्षित गर्यो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो ।
आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपीएफसँग खेल्नेछ । पराजित भएको न्यू डायमण्ड तेस्रो बनेको छ । तेस्रो बनेको न्यू डायमण्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो ।