माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु, चालक गम्भीर घाइते

Thankot Times

थानकोट ।

नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो।

पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल साँझ ६ बजेर ४० मिनेटमा सरावल- १ सालबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए।

मोटरसाइकल अनियन्त्रित भई सडक बिचको पेटीमा ठोक्किँदा चालक नुवाकोट लिखु–३ का २९ वर्षीय गोपाल लोहनी र पछाडि बसेका परियार गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो।

परियारलाई साढे ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बोहराले जानकारी दिए। टाउकोमा चोट लागेका लोहनीको उपचार भइरहको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *