भारतको बजेट आज सार्वजनिक हुँदै, नेपालले कति सहयोग पाउला ?

Thankot Times

थानकोट ।

आर्थिक वर्ष २०२५/२६ का लागि भारतमा आज बजेट सार्वजनिक गरिदैँछ ।

अर्थ मन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्वजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्वजनिक हुँदैछ ।

हिजो शुक्रबार अर्थ मन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन ।

जसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ । जबकी खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ मा ४.९ मा बढेको देखिएको छ ।

सो बजेट मन्तव्यपछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ, जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाई दिदैँ आएको छ ।

भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०/५१ मा केन्द्रीय बजेटको एक भागको रूपमा पेश गरिएको थियो। यद्यपि, १९६४ देखि, सर्वेक्षण केन्द्रीय बजेटबाट अलग गरिएको छ।

त्यसयता बजेट प्रस्तुत हुनुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *