काठमाडौंमा पोस्टर टाँसी प्रदूषण गर्ने एक चुरोट कम्पनीलाई महानगरले तिरायो जरिवाना
थानकोट ।
काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानमा पोस्टर टाँसी प्रदूषण गरेपछि क्यामेल चुरोटलाई जरिवाना तिराइएको छ।
महानगर प्रहरी बलका अनुसार वडा नम्बर १६ मा डिस्ट्रिब्युटर कार्यालय रहि महानगरको विभिन्न स्थानमा क्यामेल चुरोटको पोष्टर टाँसि दृश्य प्रदूषण गरी फोहोरमैला गर्ने सेभेन ओसियनलाई महानगर प्रहरी बलबाट जरिवाना गरिएको हो।
महानगर प्रहरीले उक्त कार्यालयलाई २५ हजार रुपैंया तिराएको हो।