सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैटाैं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

अघिल्लो कारोबार दिन हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज चाँदीको भाउन प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको हो ।

अघिल्लो कारोबार दिन हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *