एमाले काठमाडौं जिल्ला कमिटीमा चन्द्रागिरिका ९ सहित ४३ सदस्य मनोनित (सूची)
थानकोट ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रतिनिधि सभा, प्रदेश सभा र जिल्ला कमिटि सदस्यहरु मनोनित गरेको छ ।
साे पार्टीका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार एमाले जिल्ला कमिटीको तेस्राे पूर्ण बैठक र माघ १० गतेको पाँचाैं सचिवालय बैठकको निर्णय अनुसार पार्टी विधानको धारा ६५ को उपधारा १ र ४ बमोजिम मनोनित गरिएको हाे ।
मनाेनित हुने मध्ये चन्द्रागिरि नगरबाट नाै जना रहेका छन् ।
जिल्ला कमिटीमा चन्द्रागिरि-९ की चण्डीका श्रेष्ठ मनाेनित भएकी छन् ।
यसैगरी प्रतिनिधि/ प्रदेश सभा निर्वाचन समन्वय कमिटीमा काठमाडौं क्षेत्र नं ९ अन्तर्गत चन्द्रागिरि नगरबाट चन्द्रागिरि-१२ कि गिता पाेखरेल, चन्द्रागिरि १४ का भगत श्रेष्ठ, चन्द्रागिरि १३ का रामेश्वर भण्डारी मनाेनित भएका छन्। यसैगरी काठमाडौं क्षेत्र नं १० बाट चन्द्रागिरि वडा नं ७ का सुरेन्द्र थापा र राम थापा, चन्द्रागिरि २ का उत्तम रेग्मी, चन्द्रागिरि ११ की कृष्णदेवी महर्जन र चन्द्रागिरि ६ का माधव रेग्मी मनाेनित भएका छन् ।