यस्ता छन मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
थानकोट ।
सरकारले सहिद दिवसको अवसरमा भोलि (माघ १६ गते) बुधबार काठमाडौंमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद सप्ताहको अन्तिम दिन नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर सहिद दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए ।
श्रद्धाञ्जली अर्पणपछि काठमाडौंको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।
त्यस्तै, बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेस गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय भएको बताए ।
सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको भन्दै उनले सुशासन प्रवर्द्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको स्पष्ट पारे ।
सरकारका प्रवक्ता गुरुङले विपक्षीले भनेजस्तो संसद छल्ने बदनियत सरकारको नरहेको र सदनमा नै खुला रूपमा अध्यादेशका बारेमा छलफल हुने बताए