नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको छ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो ।

सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

माघ १८ बाट सुरू हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको बताइएको छ।

 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेरहथुमलगायत पुर्वी पहाडी जिल्लाहरूको दुइ दिने भ्रमणमा रहेकाले संसदको बैठक अघिल्लो दिन दलको बैठक बोलाइएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ