सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्यो
थानकोट ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा घटेर कारोबार भइरहेको छ ।
मंगलबार बजारमा सुनको मूल्य हिजो सोमबारको दाँजोमा तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँ कायम छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।
यसदिन चाँदी प्रतितोला एक हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।
हिजो सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।