नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गर्ने काठमाडाैंको पहिलो पालिका बन्यो चन्द्रागिरि

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नागरिकता प्राप्तिका लागि अनलाइन सिफारिस दिन सुरु गरेको छ ।

नगरपालिकाले सोमबार चन्द्रागिरि-१२ बलम्बुबाट सो प्रकृया सुरु गरेको हो ।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि-१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गरेका हुन् ।

चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ ।

चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाभित्र अनलाइनबाट नागरिकताको सिफारिस कार्यान्वयनमा ल्याउने पहिलो स्थानीय तह बनेको छ ।

तस्वीरः नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ