रूसी सेनामा मारिएका कीर्तिपुर निवासी सुनुवारको कुशको शव बनाएर अन्त्येष्टि

Thankot Times

थानकोट ।

रूसी सेनामा आवद्ध भएर ज्यान गुमाएका ओखलढुंगा स्थायी वतन भइ कीर्तिपुर नगरपालिका-४ मा बसोबास गरिरहेका विनोदबहादुर सुनुवारको कुशको शव बनाइ परिवारले अन्त्येष्टि गरेको छ।

मृत्यु भएको खबर पाएको तीन दिनपछि सोमबार कुशको शव बनाएर परिवारले पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको हो।

२०८० असोज १७ गते रूस गएका उनी ७५ दिनदेखि परिवारको सम्पर्कमा थिएनन्।

तीन दिन अघि साथीहरूले मृत्यु भएको भनेपछि उनका परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको रूसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा अभियानकी संयोजनक कृतृ भण्डारीले जानकारी दिए।

सुनुवारको कुशको शव अन्त्येष्टिका क्रममा कीर्तिपुर नगरका मेयर कृष्णमान डंगोल लगायत उपस्थित थिए ।

तस्वीरः दुर्गालाल शाही 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ